Developed By Kuldeep Sharma

April 26, 2022

प्रतितोला रु ९०० ले सुनको मूल्य घट्यो

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma