Developed By Kuldeep Sharma

April 27, 2022

शेयर बजार ५ अङ्कले बढ्यो, एक अर्वको कारोबार

काठमाडौं । शेयर बजार आज बुधवाबार सामान्य बढेको छ। दिनभर नै घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा पुगेको छ।

आज बैंक, व्यापार,लघुवित्त र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। आज दुई सय २८ कम्पनीका २८ लाख ८५ हजार कित्ता शेयर एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma