Developed By Kuldeep Sharma

August 4, 2022

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

काठमाडौं। नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो।

अहिले जहाज सुरक्षित अवतरण भएको छ। जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma