Developed By Kuldeep Sharma

September 4, 2022

समिट एयरको जहाज आपतकालीन अवतरण

काठमाडौं। पोखरामा समिट एयरको जहाज आपतकालीन अवतरण गरिएको छ।

पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको हो।

पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए।

इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेको सुवेदिले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma