Developed By Kuldeep Sharma

भदौ २६, २०७९

लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

काठमाडौं। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन्। उनले महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान थालेका हुन्।

सोही क्रममा आज नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ। अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै प्रहरीले सिल गरेको हो। ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएसँगै यो अभियानले अन्य क्षेत्रमा पनि तीव्रता पाउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma