Developed By Kuldeep Sharma

November 22, 2022

सेयर बजारमा परिसूचक ७ अङ्कले घट्यो

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिमाण धमाधम आइरहेको समयमा पुँजी बजार मापक नेप्से परिसूचक भने घटेको छ।

कारोबार रकम वृद्धि भए पनि परिसूचक भने ७ अङ्कले घटेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार चुनावपछि खुलेको बजार ७.१३ अङ्कले घटेको हो।

आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको छ भने १३२ कम्पनीको स्क्रिप्टको  मूल्य घटेको छ।

६ कम्पनीको मूल्य कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ।

आज १ अर्ब ३५ करोड २८ लाख रुपैयाँमा ३७ लाख ६३ हजार कित्ता सेयर कारोबार भएका छन्।

घटेको बजारमा पनि जानकी फाइनान्स, खप्तड लघुवित्त, धौलागिरि लघुवित्त सयपत्री हाइड्रो, सिद्धार्थ इक्वीटीका लगानीकर्ताको सम्पत्ति भने बढेको छ।

किनभने यी कम्पनीका सेयरको मूल्य बढेको छ । सबैभन्दा बढी कारोबार भने नेपाल बैंकको सेयरको भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma