Developed By Kuldeep Sharma

November 28, 2022

घट्यो सुनचाँदीको मूल्य

काठमााडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ। महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो।

तोलामा ३०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ।

हिजो छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रूपैयाँ थियो।

महासंघले हिजोको तुलनामा आज प्रतितोला १० रूपैयाँले चाँदीको मूल्य घटेको जनाएको छ। यससँगै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ । जुन, हिजो आइतबार तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma