Developed By Kuldeep Sharma

January 23, 2023

सुनकाे भाउ आज तीन सय रुपैयाँले बढ्याे

काठमाडौं। सुन चाँदीको भाउ आज फेरि बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma