Developed By Kuldeep Sharma

January 26, 2023

सेयर बजारमा सामान्य गिरावट

काठमाडौ। सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ।

बिहीबार २५४ कम्पनीको कारोबार भएको छ। ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ। समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ।

यस कम्पनीको करिब १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ साथै, रिडी पावरको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

लुम्बिनी जनरल बिमा, आदर्श लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको छ। कुल १०१ कम्पनीमा उकालो लागेको छ भने १०७ कम्पनीमा ओरालो लागेको छ। साथै ५ कम्पनी भने स्थिर रहेको छ।

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma