Developed By Kuldeep Sharma

March 9, 2023

सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं। साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ। परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ५० अंक बढेको हो।

सो अंकको वृद्धिपछि नेप्से २००२ अंकमा कायम भएको छ । कुल १ अर्ब ५६ करोडको कारोबार भयो। अघिल्लो दिन १ अर्ब २० करोडको कारोबार भएको थियो।

चैतदेखि वाणिज्य बैंकहरुले बचतको ब्याजदर घटाउने निर्णय गरेका छन्। जसले बजार बढाउन मद्दत पुगेको जानकार बताउँछन्।

कुल २१३ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो भने २ को स्थिर रहृयो। सबै उपसमूहहरु बढेका छन्। बैंकिङ २३, विकास बैंक १०५, फाइनान्स ५६, होटल तथा पर्यटन ६६, जलविद्युत् ९०, जीवन बीमा ३१३, उत्पादन ६८, माइक्रोफाइनान्स १०९, निर्जीवन बीमा २५२, अन्य ३१ र ब्यापार उपसमूह ४३ अंक बढे।

शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो। नेपाल इन्स्योरेन्सको ९.४, शिवश्री हाइड्रोको ८.५, अभियान लघुवित्तको ७.५ तथा जोशी हाइड्रोको ७.४ प्रतिशत मूल्य बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अरुणकाबेली, नबिल बैंक र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma