Developed By Kuldeep Sharma

March 19, 2023

सुनको मूल्य हालसम्मकै उच्च, आज तोलामा बढ्यो २९ सय

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिलेसम्मकै उच्च मूल्यमा आज कारोबार भइरहेको छ।

छापावाल सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। उक्त सुन शुक्रबार तोलाको एक लाख सात हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma