Developed By Kuldeep Sharma

April 24, 2022

९५ अङ्कले बढेपछि शेयर बजारमा हरियाली

 

काठमाडौँ।

पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज आइतवार भने उच्च अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५।५२ अङ्कले उकालो लागेर दुई हजार ४२०।९६ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १७।७४ अङ्कले उकालो लागेर ४६०।८८ मा पुगेको छ।

नेप्से उच्च अङ्कले उकालो लागे पनि कारोबार रकम भने खासै बृद्धि हुन सकेको छैन ।

कूल २३० कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर रु दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

बैंकिङ ४२।१२, व्यापार २२।७९, होटल तथा पर्यटन ८४।९३, विकास बैंक २६२।३७, जलविद्युत् १८९।१७, वित्त १४३।६७, निर्जीवन बीमा ४३४।३७, उत्पादन १५६।४६, अन्य ८८।७६, लघुवित्त १७९।४२, जीवन बीमा ४२३।३७, सामूहिक लगानी कोष ०।३१ र लगानी ४।३३ अङ्कले उकालो लागेको छ ।
आज जम्मा चार वटा कम्पनीको शेयर मात्रै घटेको छ

शेयरमा सर्किट

लामो समयपछि एक दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशत बराबरको मूल्य बढेपछि सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा अनुसार नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट कम्पनी, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त, ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma