काठमाडौं। काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जितेको खण्डमा काठमाडौंमा पानी पिउन र दिसापिसाब गर्न पनि पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताएकी छिन्।
कांग्रेसनिकट नेपाल तरुण दलले आयोजना गरेको चुनावी प्रचार कार्यक्रममा बोल्दै सिंहले काठमाडौंलाई सुविधासम्पन्न, सुशासनयुक्त र सुरक्षित बनाउने दावी गरेकी छन्। उनले २४ सै घण्टा आवागमन गर्न सकिने गरी शहरभित्र सुरक्षा व्यवस्था मिलाउने उनले आश्वासन दिइन्।
सिंहले भनिन्, ‘एक बोतल पानी पिउन पनि पैसा तिर्नुपर्छ। सार्वजनिक शौचालयमा पिसाब गर्न पनि पैसा तिर्नुपर्छ कस्तो अचम्म। म यो सबै नि:शुल्क गराउँछु।’ उनले काठमाडौंलाई विश्वका पर्यटकहरू आकर्षित गर्ने उत्कृष्ट पर्यटकीय स्थल बनाउने योजना रहेको सुनाइन्। शहरभरि बिजुली र सीसीटीभीको व्यवस्था गरेर महिलाहरूले समेत सुरक्षित रुपमा आवागमन गर्न सक्ने बनाउने योजना उनले सुनाइन्।‘मुख होइन, रुख हेरेर भोट हाल्नुस्’ सिंहले भनिन्।
उनले आफूलाई मात्र नभएर सबै वडामा कांग्रेसलाई विजयी गराउन आह्वान पनि गरिन्। कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेताहरूले बोलेका थिए।
प्रतिक्रिया