Developed By Kuldeep Sharma

April 28, 2022

पार्टीले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

डडेल्धुरा। नेपाली कांग्रेसले कारबाही गरेपछि कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका छन्।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा काम गरेको भन्दै लामो समयदेखि विरोध गर्दै आएका मल्लले केही महिना बाँकी रहँदै जनताले दिएको समय जनप्रतिनिधी रहन् नसकेको भन्दै माफी समेत मागेको छन्। केही दिन अघिमात्र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहनेगरी उनलाई कारबाही गरेको थियो।

स्थानीय तहको निर्वाचनमा उनले आफूनिकट कार्यकतालाई बीपी काग्रेसबाट उम्मेदवबारी दर्ता गर्न लगाएका छन्।

मल्ललाई कारबाही गर्नुको यस्त कारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma