Developed By Kuldeep Sharma

April 29, 2022

बागीलाई कांग्रेसको चेतावनी – ‘उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निकालिन्छ’

काठमाडौं। नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ। यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको हो।

यदी कसैले आधिकारीक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सहयोग गर्न पनि पार्टीले निर्देशन दिएको कांग्रस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा जनाएको छ। ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma