Developed By Kuldeep Sharma

April 29, 2022

भरतपुरका बागी उम्मेदवार पौडेललाई कांग्रेसले पार्टीबाट निष्काशित गर्ने

काठमाडौं। भरतपुर महानगरपालिकाका बागी उम्मेदवार जगन्नाथ पौडेललाई नेपाली कांग्रेसले कारवाही गर्ने भएको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बागी उम्मेदवार पौडेललाई पार्टीको विधानअनुसार कारबाही हुने जानकारी दिए। बागी उम्मेदवार पौडेललाई अब कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिने मुख्यसचिव पौडेलले बताए।

नेपाली कांग्रेसले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता नलिए कारवाही गर्दै पार्टीबाट निष्काशित गर्ने चेतावनी दिएको थियो। शुक्रबार नै बसेको सत्ता गठबन्धनको बैठकले पनि बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको थियो।

पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाएका थिए।

तर, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले दिएको समय शुक्रवार अपराह्न ५ बजेसम्म पौडेलले उम्मेदवारी फिर्ता लिएनन्।

सत्ता गठबन्धनले भरतपुरमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेत्री रेनु दाहाललाई उठाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma