काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन्।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले शुक्रवार अपराह्न ५ बजेसम्मको समय दिएको थियो। उक्त अवधिसम्म करिब चार हजारले फिर्ता लिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए। सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन्।
प्रतिक्रिया