Developed By Kuldeep Sharma

May 1, 2022

गाउँपालिका प्रमुख-उपप्रमुखले चुनाव खर्च ७ लाख ५० हजारभन्दा बढी गर्न नपाउने

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उमेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ ।जसअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजाररुपैयाँ खर्च गर्न पाउनेछन् भने उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले ५ लाख ५० हजार खर्च गर्न पाउनेछन् । त्यसैगरी नगरपालिका प्रमुखले ४ लाख ५० हजार र गाउँपालिका प्रमुखले ३ लाख ५०हजारसम्म खर्च गर्न पाउनेछन् ।

कांग्रेस नेता डा. शशांक कोइरालाले नवलपुरमा प्रतिनिधिसभाको चुनाव लड्दा ६ करोड खर्च भएको बताएका थिए। त्यसपछि राजनीति पनि तातिएको थियो। हुन पनि अहिलेका चुनाव असाध्यै खर्चालु भएको राजनीतिक दलकै नेता बताउँछन्। टिकट वितरणदेखि नै रकमी चलखेल सुरू हुने भएकोले निर्वाचित भएपछि पनि उसले त्यसको क्षतिपूर्ति गर्न सरकारी रकम दुरूपयोग गर्ने गरेको पाइएको छ। निर्वाचन अायोगले अनुगमन भने कडा पारिने दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma