काठमाडौं । अभिनेत्री श्वेता खड्काले महामानव विशेश्वरप्रसाद कोइरालाको बारेमा विद्यार्थी जीवनदेखि नै पढेकाले कांग्रेस बन्ने इच्छा जागेको बताएकी छिन्।
मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेपछि सामाजिक सञ्जालमा लेख्दै खड्काले कलाकारले राजनीतिबाट टाढा नै रहन खोजे पनि हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेने भएकाले आफू पनि राजनीतिमा होमिएको उल्लेख गरेकी छिन्। उनले खेलेखी छिन्,’ सधैँ राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरूप्रति ‘धारे हात’ लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो प्रवित्तीलाई त्याग्ने बेला आएको छ।
सिस्टम (प्रणाली) परिवर्तनको लागि सिस्टम निर्माणकै एउटा हिंस्सा हुनु जरुरीछ। यस्को लागि राजनीति नै एउटा उत्तम माध्ययम हो। मैले यही माध्ययमलाई आत्मसाथ गरेकी हुँ। यसको लागि मैले आदरणीय वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु।’ अभिनेत्री खड्का तथा अभिनेता भुवन केसीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी प्रवेश गराएका हुन्।
यस्तो छ स्टाटस
कलाकारिता, व्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रबेश गरेकी छु। विद्यार्थी जीवनदेखि नै महामानव विशेश्ररप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आईरहेकी मैले अन्तत: उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससंग आफ्नो आवद्दता जनाएकी छु। मैले लिएको यो राजनैतीक निर्णय प्रति बिभिन्न कृया र प्रतिकृयाहरु अवश्य नै प्राप्त हुनेछन्। यसरी प्राप्त हुने साकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिकृयाहरुलाई म सुझावको रुपमा ग्रहण गर्दै मेरो राजनैतीक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु।
एउटा कलाकारले कुनै एक पार्टीको ब्यानर भित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त छ। कलाकारले कलाकारिता नै गर्नु पर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप मैले नेपाली कांग्रेसको राजनैतिक सिद्दान्तमा आफूलाई समाहित गराएकी छु। यो निर्णय लिनुभन्दा अगाडि मैले धेरै पटक स्व:संवाद, स्व:बिश्लेशण र स्व:बिचार गरेकी छु। मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक बिकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ती टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न गरायो।
हामीले राजनीतिबाट जतिनै टाढा रहन खोजेपनि हाम्रो हरेक दैनिकीमा राजनीतिको प्रभाव रहेको हुन्छनै। त्यो प्रभावलाई हामी कदापी नकार्न सक्दैनौ। अत:राजनैतीको यो अछुण्ण प्रभावलाई आत्मसाथ गर्दै मैले आफ्नो पाइला अगाडि बढाएकी हुँ। मेरो यो पाइलामा आम परिवर्तनकारी, बिकासप्रेमी तथा बुद्दिजिवी वर्गको साथ सल्लाह र सुझाव पाउने आशा बोकेकी छु।
राजनीति विशुद्ध ‘सामाजिक सेवा’को क्षेत्रहो नकी ‘ब्यवसायिक पेशा’। राजनीतिलाई कमाई गरी खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञहरुलाई बिस्थापित गराउनको निमित्त अब हामी आफु पनि अग्रसर हुनु पर्ने आवश्यकता महशुष गरेकी छु। सँधै राजनीतिलाई ‘फोहोरी खेल’को रुपमा परिभाषित गर्दै नेताहरु प्रति ‘धारे हात’ लगाउने अनी गालीको बर्षा गर्ने हाम्रो निष्कृय प्रवृतिलाई त्याग्ने बेला आएको छ। सिस्टम (प्रणाली) परिवर्तनको सिह र कृष्णप्रसाद भट्टराईको पथमा आफ्नो पाइला अगाडि बढाएकी छु।
मलाई थाहा छ, कुनै पनि राजनैतिक दलको संस्थागत सिद्दान्त खराब हुँदैन। त्यो सिद्दान्तलाई कार्यान्वयन गर्ने केही नेतृत्वकर्ताको ब्यक्तिगत आचरण मात्र खराब हो। एमाले, कांग्रेस, माओवादी, रा.प्र.पा लगायत सबै दलका संस्थागत सिद्दान्तहरु राम्रा छन्। सबै दलले बिकास, सम्बृद्दी र परिवर्तनको एजेण्डा उठाएका छन तर ती एजेण्डाहरु कार्यान्वयन तहमा असफल भएका मात्र हुन्। यही असफलताका कारण उधोग, ब्यवसाय, कलाकारिता, कृषि तथा पर्यटन लगायतका सबै क्षेत्रहरु प्रभावित भएका छन्।
हाम्रो दैनिक ब्यक्तिगत जीवनमा पनि यस्को प्रत्यक्ष नकारात्मक प्रभाव परिरहेको छ। अत:केही सिमित ब्यक्तिहरुको स्वार्थका कारण असफल भएका ति एजेण्डाहरुलाई सफल बनाउनको निमित्त हामी सबैको सकृयताको खाँचो छ। पोखरी फोहर भयो भनेर पोखरीको ‘ लेउ ‘लाई गाली गर्नु भन्दा त्यो लेउ हटाउन आफैले पोखरी भित्र छिर्ने हिम्मत गर्नु पर्छ। अत: सबै पार्टीमा धेरथोर लेउ लागेको छ त्यस्को सरसफाइको लागि हाम्रो सकृयता खाँचो छ।
मैले आफ्नो राजनैतिक सकृयताको लागि भने नेपाली कांग्रेसलाई चुनेकी छु। मेरो पारिवारिक पृष्ठभुमीले पनि मलाई नेपाली कांग्रेसको सिद्दान्तलाई अंगाल्न सहयोग पुगेको हो। नेपालको राजनैतिक परिवर्तनमा अहमम् भूमिका खेल्ने नेपाली कांग्रेस जस्तो बिशाल पार्टीमा मलाई स्थान दिने आदरणीय पार्टी सभापतितथा सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछु। साथै मेरो ब्यवसायिक, सामाजिक तथा राजनैतिक यात्राको लागि मलाई संधै हिम्मत,हौशला र उर्जा प्रदान गर्ने मेरो परिवार गण, मेरा अग्रज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरु प्रति म हार्दिक नमन गर्दछु।
विगतका दिनमा मैले यो पार्टीको लागि ब्यक्तिगत रुपमा त्यस्तो ठुलो योगदान दिन सकेकी छैन। आगामी दिनमा भने म मेरो मन बचन र कर्मले भ्याए सम्मको योगदान दिने प्रयास गर्नेछु। नेपाली कांग्रेसको नीति, सिद्दान्त र यस्को मुल्य मान्यतालाई आत्मसाथ गर्दै कुनै ब्यक्तिगत स्वार्थहरु नराखी स्वच्छ रुपमा सामाजिक बिकास र बिसुद्द ‘सेवा’ को भाव बोकेर आफुलाई एउटा असल कार्यकर्ताको रुपमा चिनाउने प्रयासमा कुनै कमी हुने छैन। साथै, म एउटा कलाकार र ब्यवसायी पनि भएको नाताले यस् दलभित्र रहेर तमाम ब्यवसायी र कलाकर्मीहरुको हक हितको निमित्त आफ्नो आवाज बुलंद गर्नेछु। सामाजिक सेवाको पाटोलाई अझ शसक्त रुपमा अगाडि बढाउनको निमित्त नेपाली कांग्रेससंगको आवद्दताले मलाई थप मार्ग प्रसस्त गराउनेमा विश्वस्त छु।
अन्तमा: हरेक ब्यक्तिलाई आ-आफ्नो राजनैतिक स्वतन्त्रता छ। मेरो बैचारिक सिद्दान्तसंग मेल खाने राजनैतीक दलसंगको निकटता, आवद्दता वा सहकार्य पश्चात् पनि फरक बिचार राख्ने कुनै ब्यक्ती वा दल प्रति मेरो कुनै पुर्वाग्रह रहने छैन। जो जहाँ रहेपनि, जो जता गए पनि, देश र जनताको निम्ति निस्वार्थ भावले काम गर्न सकौं। जय नेपाल !
प्रतिक्रिया