काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने व्यवस्था छ।
संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ। त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ।
प्रतिक्रिया