Developed By Kuldeep Sharma

April 14, 2022

प्रधानमन्त्रीद्धारा नयाँ वर्षको शुभकामना, समृद्धि र सुशासनका निम्ति खटिन सबैलाई अनुरोध

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नव निर्माण, समृद्धि र सुशासनका निम्ति खटिएर समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य भएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री देउवाले देश विदेशमा रहेका सबै नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्।

विक्रम संवत् २०७८ पूरा भई नयाँ वि।सं। २०७९ प्रारम्भ भएको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै उनले गत वर्षको अनुभवलाई शिक्षाको रूपमा लिई नयाँ वर्षमा अझ बढी मिहिनेतका साथ कर्मक्षेत्रमा खरो उत्रिंदै राष्ट्रको नव निर्माण, समृद्धि र सुशासनका निम्ति खटिन सबैलाई अनुरोध गरेका छन् ।

मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरि लक्ष्य रहेको बताउँदै यो साझा लक्ष्यलाई प्राप्त गर्न सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma