Developed By Kuldeep Sharma

May 18, 2022

कांग्रेस १७८, एमाले १०९ र माओवादी ७७ तहमा निर्वाचित

काठमाडौं। ७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार ती तहमध्ये नेपाली काग्रेसले ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा विजय हासिल गरेको छ।

एमाले १०९ स्थानीय तहमा विजयी भएको छ। उसले २५ नगरपालिका प्रमुख र ८४ गाउँपालिका अध्यक्ष जितेको हो। यस्तै नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ।

त्यसैगरी जनता समाजवादी पार्टी ५ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ। नेकपा (एकीकृत समाजावादी)ले एउटा नगरपालिका प्रमुख जितेको छ । साथै अन्यले ४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष जितेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma