काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सहि भएको बताएका छन्। उनले भूलचुकमा पनि विघटन गलत थियो नभन्न पार्टी निर्देशन दिनुका हुन्। आज(बिहिबार) सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विघटन सहि भएको र सल्लाहकारले भुलेर पनि गलत भन्न नहुने बताएका हुन्।
विघटन हुनु एकदम ठिक भएको बताउँदै सल्लाहकार परिषद्का कसैलेपनि यसलाई गलत हो भनेर नबोल्न उनले आग्रह गरेका छन्।
उनले पार्टी भित्र पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफ्नो परिवारकै सदस्यको बारे सोच्नमा केन्द्रित भएको बताउँदै उनिहरुको कब्जाबाट जोगाउनका लागि पनि विघटन गर्नु जायज भएको बताएका छन्।
प्रतिक्रिया