काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल गर्न बैठक बोलाइएको हो।
बैठक दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।
निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।
प्रतिक्रिया