काठमाडौं। नेकपा एमालेले च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आफ्नो नयाँ केन्द्रिय कार्यालय सारेको छ।
आज(शुक्रबार) नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा आयोजित एक समारोहकाबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर एमालेले कार्यालय सञ्चालन गर्न लागेको हो। बल्खुमा पार्टीको नयाँ भवन निर्माणको काम नसकिए सम्म च्यासलबाटै एमालेको हेडक्वार्टर सञ्चालन हुनेछ।
यसअघि एमाले पार्टी कार्यालय थापाथलीमा रहेको थियो ।
प्रतिक्रिया