काठमाडौं। नेकपा एमालेले आज(शुक्रबार) एकैसाथ देशभरका स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । आज नेकपा एमालेको ७४औं स्थापना दिवसको अवसर पारेर बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको बताइएको हो।
एमालेले आज निर्वाचनका लागि घोषणापत्र पनि सार्वजनिक गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा नयाँ केन्द्रिय कार्यालयको उद्घाटनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलिले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
(सुशासन ,विकास र समृद्धि समाजवादको आधार,सबै स्थानीय तहमा एमालेको सरकार) मुल नारा राखेर नेकपा एमालेले घोषणा पत्र तयार गरेको छ।
उक्त घोषणापत्रमा २२ वटा बुँदामा आगामी कार्यकालमा गरिने कामका प्रतिवद्धताहरु समेटिएको छ भने अघिल्लो स्थानीय निर्वाचन देखि हालसम्म भएका राजनीतिक विष्लेषण र माओवादीसँगको एकतासंगै भंग हुनुका कारण पनि उल्लेख गरिएको छ।
प्रतिक्रिया