काठमाडौं। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मुलुकको संघिय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले सृजना सिंहलाई उम्मेदवार बनाउने भएको छ।
यसअघि कांग्रेस काठमाडौं महानगर समितिले मेयरका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको थियो। जसमा महासमिति सदस्य सिंहसहित महानगर समितिका सभापति एवं वडा न. २० का वडाध्यक्ष नीलकाजी शाक्य, वर्तमान उपमेयर हरिप्रभा खड्गी, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको थियो।
आज बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बेठकले काठमाडौंको प्रमुखकारुपमा नेतृ सिंहलाई उम्मेदवार बनाउने पक्का भएको बैठकमा सहभागि एक नेताले मुलुक प्रेसलाई जानकारी दिए। कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले मेयर लड्न भन्दै पछिल्लो समय सक्रिय देखिकी थिइन्। काठमाडौंमा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमयेर पाउने सहमति यसअघि गठबन्धनमा बनिसकेको छ।
समाजवादीको भागमा परेकोे उपमेयर पदमा कसलाई उठाउने भन्ने बिषयमा अझै टुंगो लागेको छैन्। पदाधिकारी बैठक बालुवाटारमा अझै जारी छ ।
प्रतिक्रिया