Developed By Kuldeep Sharma

April 23, 2022

बालुवाटारमा देउवा, प्रचण्ड, यादव र भट्टराईबीच छलफल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता साझेदार दलका नेताहरुबीच बालुवाटारमा छलफल चलिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका  देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले नेताहरुबीचको छलफल जारी रहेको मुलुक प्रेसलाई जानकारी दिए। उनकाअनुसार स्थानीय तहको निर्वाचन र गठबन्धनका बिषयमा छलफल चलिरहेको छ।

बालुवाटार स्रोतकाअनुसार प्रचण्ड भने सवा ५ बजे तिर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma