काठमाडौं। नेपाली कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको छ। कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज संकल्पपत्र सार्वजनिक गरेको हो।
केन्द्रिय पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरूले संकल्पपत्र सार्वजनिक गरेका छन्। कार्यक्रममा बोल्दै महामन्त्री एवं घोषणापत्र तयार समितिका संयोजक गगन थापाले संकल्पपत्रमा समावेश गरिएको विषयवस्तुकाबारेमा जानकारी दिए।
संकल्पपत्रमा समसामयिक राजनीति र अबको राष्ट्रिय एजेण्डा उल्लेख गरिएको छ। स्वास्थ्य, शिक्षासंगै कांग्रेसले जलवायु परिवर्तन र हरित अर्थतन्त्रलाई पनि मुख्य एजेण्डा बनाएको छ।
हेर्नुहोस् संकल्पपत्र
प्रतिक्रिया