Developed By Kuldeep Sharma

April 25, 2022

मनोनयन दर्ता अपराह्न ५ बजेसम्म, हालसम्म कूल १० हजार ५३३ उम्मेदवारी दर्ता

काठमाडौं। उम्मेदवारको मनोयन दर्ता आज(सोमबार) अपराह्न ५ बजेसम्मलाई तोकिएको छ। स्थानीय तह निर्वाचन, २०७९ का लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म ७ सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन्।

निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोयन प्रक्रिया शुरु भएको थियो। निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो।

उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिनसबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा कूल १० हजार ५ सय ३३ उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाकाअनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९ सय ७३, उपप्रमुख र उपाध्यक्षमा ४ सय ९४, वडा अध्यक्षमा दुई हजार २ सय २६ को उम्मेदवारी दर्ताको विवरण सङ्कलन भएको आयोगले जनाएको छ ।

वडासदस्यमा तीन हजार १ सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडासदस्यमा १० हजार १ सय ७ मनोनय दर्ता भएका छन् । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि कूल ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma