Developed By Kuldeep Sharma

April 25, 2022

टोखा नगरपालिकाले पायो कांग्रेसबाट मेयरका लागि बलियो उम्मेदवार

काठमाडौं। काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसबाट ३२ वर्षीया युवा नेतृ रजनी थापाले मेयरमा उम्मेदवारी दर्ता गराएकी छन्।

उनले अहिलेको नेपाली राजनीतिप्रति बढिरहेको निराशालाई आशामा परिणत गर्दै युवाहरूको सशक्त नेतृत्वसंगै समुन्नत नेपालको निर्माण गर्न आफूले उम्मेदवारी दिएको मुलुक प्रेसलाई बताइन्। राजनीतिसंगै समाजसेवामा खटिरहेने थापाले पीसीएल नर्सिङ, कानूनमा स्नातक, जनप्रशासनमा स्नात्तोकर, राजनीतिशास्त्रको अध्ययन गरेकी छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधि गरेकी छन्।

गत स्थानीय निर्वाचनमा झिनो मतान्तरले उपमेयरमा पाराजित भएकी उनी अहिले मेयर पदको बलियो उम्मेदवार हुन्। एमालेबाट उपमेयरमा विजयी भएकी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत ल्याएकी थिईन् भने थापाले ८ हजार ३६ मत ल्याएकी थिइन्।

गत निर्वाचनमा टोखामा मेयर र उपमेयर दुबैपद एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma