Developed By Kuldeep Sharma

November 28, 2022

समानुपातिक मत : माओवादीलाई पछि पार्दै स्वतन्त्र पार्टी तेस्रोमा उक्लियो

काठमाडौँ। समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत ल्याएको छ ।

हालसम्म ९२ लाख ५० हजार ८९१ मत गनिसकिएको छ । पहिलो स्थानमा रहेको एमालेले २५ लाख २२ हजार ७२० मत छ। नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मतसहित दोस्रो स्थान बनाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७० मत ल्याएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख १९ हजार ४५० मत ल्याएर छैठौं स्थानमा रहेको छ भने सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८ मत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma