Developed By Kuldeep Sharma

March 19, 2023

आज स्ववियु निर्वाचन: कतै आरोप-प्रत्यारोप कतै शान्तीपूर्ण प्रतिस्पर्धा

काठमाडौं। आज देशभर त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।

२०३६ सालदेखि प्रत्येक २ वर्षमा हुने गरेको यस निर्वाचन अहिले धेरै लामो समयपछि हुन लागेको हो। २०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन ुसकेको छैन। यसपटक पनि विद्यार्थी संगठनहरुले आफू कमजोर रहेको क्याम्पसहरुमा अनेकौ बहाना निकालेर चुनाव हुन नदिने र तालाबन्दीजस्ता कार्य गरिरहेका छन्।

मुलुककै ठूलो पृथ्वीनारायण क्याम्पस पोखरा, काठमाडौंको रत्न राज्य, त्रिचन्द्र, पाटन संयुक्त, एनआर क्याम्पस, वीरगन्जको ठाकुरराम बहुमुखीलगायतका क्याम्पसमा चुनाव हुन सकेको छैन।

आरोप-प्रत्यारोपमा अल्झिएको विद्यार्थी संगठलमा एमालेनिकट अनेरास्ववियुले सत्ता गठबन्धन कमजोर भएर तालाबन्दी गरेको आरोप लगाएको छ भने सत्तापक्षले एमाले अखिलले फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन्।

केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाल ल, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस, शंकरदेव, पद्मकन्यालगायत काठमाडौंका क्याम्पसहरूमा आज निर्वाचन हुँदैछ।

केन्द्रीय क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यसपटक विद्युतीय माध्यमबाट मतदान हुने टियुले जनाएको छ।

विगतमा प्रत्यक्ष हुने गरेको स्ववियु निर्वाचन पछिल्लो समय समानुपातिक निर्वाचनबाट भइरहेको छ। स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आधा सदस्य प्रत्यक्ष निर्वाचित र उपाध्यक्ष, सहसचिवसहित आधा सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma