Developed By Kuldeep Sharma

March 20, 2023

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै, कुन दल छन् पक्ष विपक्षमा?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

नेकपा एमाले दिएको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। राप्रपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

आज विश्वासको मत दिने नदिने भन्नेबारेमा यसअघि नै दलहरुले बैठक बसेर निर्णय गरिसकेका छन्। प्रधानमन्त्री दाहाललाई ११ दलले समर्थन जनाउने भएका छन्। सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आईतबारको बैठकबाट विश्वासको मत दिने निर्णय गरेपछि समर्थन गर्ने दलको संख्या ११ पुगेको हो।

अन्य १० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन्।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते संसद्को विश्वास लिएका थिए। तर संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र फेरी प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ। त्यसै अनुसार आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। एकै कार्यकालमा विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma