Developed By Kuldeep Sharma

August 21, 2022

संयुक्त खश क्षत्री नेपालको तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं। संयुक्त खश क्षत्री नेपालको महिला विभाग र सांस्कृतिकको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणाको प्रमुख आतिथ्यमा तीज विशेष कार्यक्रम सम्पन भएको हो। देशभरिका क्षत्रीहरू एक भएमात्र सम्पूर्ण क्षत्रीको माग सुनिश्चित हुने राणाले बताएका छन्। संयुक्त खश क्षत्री नेपालको केन्दिय अध्यक्ष तारा बहादुर बस्नेतले पछिल्लो समयमा तीजका गितको नाममा विभिन्न प्रकार विकृतिहरु आएको संयुक्त खश क्षत्री नेपालले तिजलाई तीजकै रुपमा मनाउनु पर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बस्नेतले सकारात्मक सोचका साथ समग्र परिवर्तनका लागि संस्थाले यस्ता कार्यक्रम गर्दै जानु पर्ने बताए । महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँ र शहरमा महिला दिदी बहिनीको चहलहल बढेको छ। पायक पर्ने बजारमा किनमेल गर्न महिला अग्रसर देखिन्छन्। सुखदुख बिसाउन एक ठाउँमा जम्मा हुने महिला दर खानेसँगै टिकटक बनाउन महिला व्यस्त देखिन्छन्।

महिलाको महान् पर्व हरितालिकामा भेटघाट,आत्मियता र सुखदुख साटासाट गर्न दर कार्यक्रम माध्यम बनेको महिला विभाग प्रमुख राधा खड्काले बताईन्। सांस्कृतिक विभाग प्रमुख निर्मला चौहानले महिला सशक्तीकरणका लागि महिलाहरू आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिदै कानूनले व्यवस्था गरेका अधिकार प्रयोग गरेर महिलाहरू अघि बढ्नुपर्ने बताइन्।

कार्यक्रममा महिलाहरुले मौलिक कला संस्कृतिको प्रर्दशन गरेका थिए। कार्यक्रममा कलाकारहरू लोक गायक अर्जुन खड्का , उषा केसी, सुनिता अधिकारी,अन्जु गौतम र संन्थाका उपमाहासचिब सानुकाजी थापा लगायतले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए।

संस्थाको बरिष्ट उपाध्यक्ष् लक्ष्मी बिष्ट को स्वागत मन्तव्य र संयुक्त खस क्षेत्री नेपालका संथापक अध्यक्ष मान बहादुर थापा निवर्तमान अध्यक्ष श्रीराम थापाको मन्तव्य रहेको थियो भने संस्थाका उपमहासचिबद्वय निर्मला चौहान पत्रकार सानुकाजी थापाकाको संचालन मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma