Developed By Kuldeep Sharma

February 4, 2023

पशुपतिमा दैनिक हुने आरतीको प्रत्यक्ष प्रशारण अब टेलिभिजनबाट गरिने

काठमाडौं। पवित्र धार्मिकस्थल पशुपति क्षेत्रमा दैनि हुने आरतीको प्रत्यक्ष प्रशारण अब टेलिभिजनबाट हुने भएको छ।

पाशुपत क्षेत्रमा प्रत्येक साँझ हुने पशुपति आरतीको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) बाट हुने भएको हो।

आरतीको प्रत्यक्ष प्रसारणले देश तथा विदेशमा रहेका हिन्दु धर्ममा आस्था राख्नेहरु धेरैको मन जित्नेमा नेपाल नेटवर्क टेलिभिजन टीम विश्वस्त रहेको बताइएको छ। आगामी आगामी महाशिवरात्रि फागुन ६ गते साँझ ६ बजेदेखि प्रत्यक्ष प्रसारण शुभारम्भ गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति विकास कोष, पशुपति आरती समिति र नेपाल नेटवर्क टेलिभिजनको संयुक्त प्रयासमा आरतीको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गर्न लागिएको हो।

पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको सबै भन्दा ठूलो तीर्थस्थल मानिन्छ । पशुपति क्षेत्रमा साँझको आरती प्रत्यक्ष पशुपतिमा पुगेर हेर्ने संख्या पनि बाक्लै रहने गरेको छ।

आरतीको प्रत्यक्ष प्रसारणको प्रोमो नेपाल नेटवर्क टेलिभिजनबाट सार्वजनिक गरिसकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma