काठमाडौं। इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ। मुस्लिम आयोगले २९ गते सार्वजनिक बिदाको दिनका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको हो।
इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा बसिसकेको तर आज साझ चन्द्रमा नदेखिएका कारण बिहिबारका लागि सार्वजनिक बिदा दिन सिफारिस गरेको हो। आज चन्द्रमा देखिएको भए भोलि बुधबार सार्वजनिक विदा दिनका लागि सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ।
विभिन्न अवसरमा सम्बन्धित समुदायले सिफारिस गरेको समयमा गृह मन्त्रालयले विदा दिदैँ आएको छ। यसअघि नै सरकारले २०८१ सालका लागि कुनकुन दिन सार्वजनिक विदा दिने भनि निर्णय गर्दा ईद (ईद उल फित्र)का दिन पनि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया