काठमाडौं। स्थानीय तहको निर्वाचनमा १ लाख ४१ हजार ४६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार विभिन्न पदमा १ लाख ४१ हजार ४६८ जनाले मनोनयन दर्ता गरेका हुन्।
जसअनुसार मेयर पदमा ३ हजार ३१८ जना र उपमेयर पदमा २ हजार ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यस्तै अध्यक्ष पदमा ३ हजार ३०६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
वडा अध्यक्ष पदमा ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा २४ हजार २८३, दलित सदस्यमा २१ हजार ९७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ। आयोगले सोमबार मनोनयन दर्ता गर्ने समय तोकेको थियो।
प्रतिक्रिया