Developed By Kuldeep Sharma

July 11, 2022

चुनावको विश्लेषणसहितको यस्तो छ एमालेको अपानी

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचन सकिएको करिब दुई महिनापछि चुनावी विश्लेषण सार्वजनिक गर्दै आफ्नो पक्षमा जनमत बढेको निष्कर्ष निकालेको छ।

७५३ वटै स्थानीय तहको निर्वाचन परिणाम आइसकेपछि नेकपा एमालेले गठबन्धनको सहारामा कांग्रेसले प्रमुख पदमा केही बढी जिते पनि एमालेको जनमत पहिलेकोभन्दा बढेको निष्कर्ष निकाले को हो।

एमालेले पछिल्लो बैठकका निर्णय र चुनावी समीक्षाको बारेमा जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी) -४  मा कांग्रेसले आफू बलियो भएका १३५ पालिकामा मात्र एक्लै चुनाव लडेको र बाँकी ठाउँमा कतै दुई दल र कतै महागठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गरेको उल्लेख छ।

एमालेले देशभरको चुनावी रिपोर्टका आधारमा ३०७ पालिकामा कांग्रेसले आफूलाई सहज हुने एक वा एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाएको र एमाले बलियो भएका ३११ पालिकामा सबै दलको पूर्ण या महागठबन्धन गरेको जनाएको छ।

अपानीमा भनिएको छ, ‘कुल विजयी सिटमध्ये २० प्रतिशतमात्र एक्लै प्रतिस्पर्धाबाट जीत हासिल गरेको कांग्रेसले गठबन्धनबाट अधिकतम लाभ लिन सफल भयो। गठबन्धनका अरु दलहरूलाई कुनै पनि हालतमा एमालेसँग तालमेल हुन नदिने नीति लिएको कांग्रेसले कतिपय ठाउँमा एमालेसँग पनि तालमेल गर्न अग्रसर भयो। सारमा, कांग्रेस जसरी पनि आफूले जित्ने कुरामा केन्द्रित भयो।’

करिब २० प्रतिशत सांसद र १० प्रतिशत स्थानीय जनप्रतिनिधि लिएर एमालेबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीले ४ प्रतिशत हाराहारीको लोकप्रिय मतमात्र पाएको र सिट संख्या नगण्य रहे पनि एमालेलाई पराजित गर्नुमै आफ्नो सफलता देखेको अपानीमा उल्लेख छ।

एमालेले महागठबन्धनविरुद्धको लडाइँमा एमालेले प्राप्त गरेको मत विगतको भन्दा बढेको भन्दै माओवादी केन्द्र र माधव नेपाल समूहको उद्देश्य भने एमालेलाई हराउनेमा केन्द्रित भएको निष्कर्ष निकालेको छ। माओवादीले गठबन्धनबाट सिट संख्या १५ वटा बढाए पनि लोकप्रिय मतमा ५ प्रतशितले कमी आएको एमालेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ अपानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma