Developed By Kuldeep Sharma

April 27, 2022

‘बागी’उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरका ६ महानगर र ११ उपमहानगपालिमा निर्णयविपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो।

पाँच दलका शीर्ष नेताहरू सहभागी बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ। जसमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको आजै बैठक राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबीच सिटको बाँडफाँट गर्ने भनिएको छ।

यस्तै नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरुबीच भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि निर्णय भएको छ। यसका लागि सम्बन्धित दलले आवश्यक कार्य गर्ने छन्। गठबन्धनको निर्णय विपरित थुप्रै ठाउँमा दलहरूले वागी उम्मेदवारी दिएका छन् भने केही ठाउँमा नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma