Developed By Kuldeep Sharma

April 28, 2022

यस्तो छ सिर्जना सिंहको ७ ‘स’ को संकल्प

काठमाडौं। सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। बिहीबार पत्रकार सम्मेलन गरेर सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन्।

उनका सात स‌ंकल्पहरूमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन्।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका आम महिला मतदातालाई मेयरमा महिला ल्याउने अवसरबाट नचुक्न आग्रह गरे।  ‘अघिल्लो पटक सूर्यमा भोट हालेको महिलाले पनि सोच्नुस् लडाइँ घरभित्र पनि छ। श्रीमान्‌सँग छ छोरासँग छ। महिलाको लडाइँ सजिलो छैन्,’ उनले भने, ‘राजधानीको मेयरको ठाउँमा महिला मेयर भएको कल्पना गरौं त। अघिल्लो पटक सूर्यमा हाल्नुभो भोलि पनि हाल्नु होला। तर, यसपटक महिलालाई जिताउँनुस्।’ उम्मेदवार सिंहको आँट र साहस हेरेर मतदान गर्न उनले आग्रह गरे।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरमा सिंहको उम्मेदवारी महिलाहरूका लागि ठूलो अवसर रहेको बताए। उनले भने, ‘यहाँको मेयर जित्नु भनेको ५० वटा अन्य नगरपालिका जिते बराबर हो। यो चाँही राजधानी हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma