Developed By Kuldeep Sharma

November 3, 2022

हेभिवेट जनार्दन शर्मासँंग चुनावी प्रतिष्पर्धा गरिरहेका तारक, के छन् उनका प्रतिवद्धता ?

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समय सक्रिय रहेका तारक केसी अहिले प्रतिनिधिसभामा उम्मेदवार छन्।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट उनले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएर अहिले उनि आफुलाई मत माग्न व्यस्त छन्। कांग्रेसको राजनीतिमा सक्रिय रहेपनि उनले उम्मेदवारी भने स्वतन्त्र दिए। त्यसको कारण ५ दलिय गठबन्धनका कारण उक्त क्षेत्र माओवादीको भागमा पर्यो। माओवादीबाट त्यस क्षेत्रका उम्मेदवार हुन बर्तमान अर्थमन्त्री जनार्दन शर्मा। तारक अहिले जनार्दनसंग प्रतिष्पर्धा गरिरहेका छन्।

रुकुममा आधिकारिक कांग्रेसका तर्फबाट कुनै पनि उम्मेदवार चुनावी मैदानमा छैनन्। तर तारक स्वतन्त्रबाट भएपनि कांग्रेसी उम्मेदवारका रुपमा मैदानमा छन्। उनी आफ्नो लागी नभई पुस्ताको लागि, परिवर्तन, न्याय, समानता र स्वतन्त्रता सार्थक यत्नका लागि तयार आफ्नो पुस्ताका लागि आफ्नो लडाइ भएका कारण चुनावी मैदानमा आएको बताउँछन्। उनले आफुले चुनाव जित्ने दावी गर्छन्।

तारकका १० बुँदे प्रतिबद्धता

स्वास्थ, शिक्षा र सडकको समस्यालाई पहिलो प्राथमिकतादेखि घर, परिवार, समाज र राष्ट्रप्रति सर्वदा उत्तरदायी नागरिक निर्माण, राज्यको श्रोत साधनको चरम दोहन र दुरुपयोग नियमन गर्ने, उत्पादनशील नागरिक, समुन्नत र आत्मनिर्भर जिल्ला निर्माणमा सक्रियता र बर्षौदेखि पुरा नभएर अलपत्र रहेका योजनाहरुको चासो र समस्या समाधान गर्नेसम्म उनका प्रतिवद्धता छन्।

यो हेरौँ

राजनीतिमा तारक

तारकले जिल्लामा छँदै नेविसंघबाट विद्यार्थी राजनीति गरे। नेविसंघको जिल्ला अध्यक्षम लडेका केसी थोरै मतले पराजित भएका थिए। त्यसपछि उनी नेविसंघको ११औं महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए। समयमै नेविसंघको महाधिवेशन भएको भए उनी आफुलाई महामन्त्रीको दावेदार भनिरहेका थिए।

तस्विरमा हेरौँ चुनावी प्रचार प्रसार र मत माग्दै। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma