Developed By Kuldeep Sharma

November 12, 2022

विकासका लागि राजनीति की राजनीतिका लागि विकास ?

सफलता बोगटी, काठमाडौं। अहिले नुवाकोटका कच्चि बाटाहरुमा धुलो उडाउदै र गित घन्काउदै एउटै राजनैतिक दलका १०/१५ वटा गाडीहरु लहरै चलेका पाइन्छ।

जनताहरु के भन्छन भने हामीलाइ गाडीको लस्कर देखाउनु पर्दैन, लस्करले धुलो उडाएर बच्चाहरुको लुगा स्कुल पुग्दा धुलाम्मे बनि सकेको हुन्छ । आज त तिमीहरु गाडी भित्रैबाट नमस्कार गर्छौ भने कसरी तिमीहरुले भोलिका दिनमा नुवाकोटको माटोमा कुल्चेर विकास गर्छौ होला ।

२ वर्ष सम्म १ गेडो रसायनिक मल नल्याउने नेताहरुलाइ गाऊ घरमा स्थानीयहरुले निर्वाचनको प्रचार प्रसारमा रोक लगाएपछि रातारात १÷१ बोरा मल बाडिन थालिएछ । लिखु छहरेमा पनि १ गाडी मल आएको भन्ने सुनियो ।

यी घटनाहरु नुवाकोटमा नेता प्रतिको आक्रोस भन्दा पनि नुवाकोटवासिहरुमा देखापरेको विकासप्रतिको उत्तरदायित्व जवाफदेहिता र स्वामित्वको रुपमा लिनुपर्छ ।

नुवाकोटको विकासमा खर्च हुने रकम कुनै नेताका श्रीमतिको गहना बेचेर, नेताको खेत बेचेर गरीने खर्च होइन, त्यो त हामी नेपालीहरुले राज्यलाइ प्रत्यक्ष र अप्रत्यक्ष कर तिरेर संकलन गरेको हामै्र रकम मात्र हो । अव नुवाकोटमा पैसा दिएर भोट किन्न सकिन्दैन भन्ने सबैले बुझेका छन ।

गाऊ घरमा के हल्ला छ भने चुनावमा पैसा बाँडे भने पैसा लिने तर भोट चाहि सफलता बोगटी जस्तै विकास गर्न सक्ने क्षमतावान नेतालाइ दिने ।

अब नुवाकोटमा पुरानो ढर्रा र शैलिले विकास गर्दैन । नुवाकोटमा नै रसायनिक मल उद्योग स्थापना गर्नुपर्छ । कमिसनका कारणले मात्र नेपालमा रसायनिक मल उद्योग खोल्न नसकिएको हो । नुवाकोटको कहालि लाग्दो गरीवि हटाउन हामी सबै जना लागौ ।

मैले एउटा विद्यालय जाँदै गरेकी कक्षा ८ मा पढ्ने छोरीले लगाएका धेरै ठाउँमा च्यातिएका लुगा लगाएको देखेर सोधे, बहिनी नयाँ लुगा छैन, बहिनीले भनिन मेरो नयाँ लुगा भनेको नै यहि हो । मैले ति बहिनीलाइ भने तिम्रो परीवारलाइ गरीव बनाएको अहिलेको राजनीति गर्नेहरुले हो ।

नत्र हाम्रो देशमा पनि नर्वेमा जस्तै सबैका लागि समानता स्वातन्त्र र न्याय हुने थियो । त्यसैले बहिनी तिमी आजको यस लुगालाइ नै साक्षि राखेर म यो देशबाट गरीवि हटाउन एक दिन यस देशको प्रधानमन्त्री र राष्ट्रपति बन्छु भन्ने अठोट गर भने ।

उनको घरमा कसैसंग पनि मोवाइल फोन रहेनछ । यस घटना पछि म आफैले आफैसंग प्रश्न गरें, हामी सबै जना केका लागि नुवाकोटमा राजनीति गरीरहेका छौ ।

विश्वका अरु देशहरुका अगाडी नेपाललाइ भिकारी देश बनाउने, विश्वको पाँचौ गरिब देश बनाउने, विश्वभरी नेपाली युवाहरुलाइ मजदुर बन्न बाध्य बनाउने, देशलाइ सबै क्षेत्रमा आधुनिकीकरण नगर्ने नेताहरुलाइ फेरी भोट दिनु धिक्कार छ ।

नयाँहरु पनि सबै क्षमतावान छन भन्ने चाहि कदापी होइन । तर आधुनिक नेपाल बनाउन सक्ने योजना रणनीति वा प्रकृया र कार्यदल बनाउन सक्ने म र मेरो समुह जस्ताले नुवाकोटको नेतृत्व वा विकासमा सहजिकरण गर्ने हो भने अवको ५ वर्षमा नुवाकोटका नागरिकहरुको जिवन शैलि जिवन पद्धति र जिवन स्तरले धेरै लामो फड्को मार्नेछ । त्यसैले मंसीर ४ गते सफलतालाइ लौरोमा दिनु भोट, बैभवशाली बनाउछिन नुवाकोट । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma