Developed By Kuldeep Sharma

मंसिर ८, २०७९

धादिङ क्षेत्र नं २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

काठमाडौं। धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरेका छन्।

अधिकारीले लोहनीलाई  १० हजार पाँच सय ३३ मतान्तरले पराजित गरेका छन्।

धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma