Developed By Kuldeep Sharma

मंसिर १७, २०७९

मधेसका यी १८ पूर्वमन्त्री, आम निर्वाचन २०७९ मा जो पराजित भए

काठमाडौं। यहि मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको अन्तिम मत परिणाम लगभग सार्वजनिक भएको छ।

बाजुरा, स्याङ्जा र दोलखाको मत गणना चलिरहेको छ। परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन्। सबैभन्दा बढी धनुषामा मात्रै छ जना पूर्वमन्त्री पराजित भए। पराजित हुने पुर्वमन्त्रीको सूची यस्तो छ!

धनुषाको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव
धनुषा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री उमाशङ्कर अरगरिया र रामचन्द्र झा
धनुषा क्षेत्र नं ३ मा पूर्वमन्त्री तथा लोसपा नेता अनिलकुमार झा
धनुषाको क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव
सोही क्षेत्रको प्रदेशसभामा पूर्वराज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता सत्रुधनप्रसाद महतो

सिरहा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा कांग्रेस नेता पदमनारायण चौधरी
सिरहा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा कांग्रेस नेत्री चित्रलेखा यादव
सिरहा क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता विश्वनाथ साह
सिरहा क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री धर्मनाथ साह

सप्तरी क्षेत्र नम्बर २ मा पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव
सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर २ को (ख) मा पूर्वमन्त्री तथा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेशकुमार यादव
सप्तरी क्षेत्र नम्बर १ को (क) बाट हेमराज तातेड

महोत्तरी क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल

महोत्तरी क्षेत्र नम्बर ४ बाट पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव

सर्लाही क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो

बारा क्षेत्र नम्बर १ बाट वर्तमान खानेपानीमन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी
बारा क्षेत्र नम्बर ४बाट पूर्वमन्त्री तथा एमाले नेता एकबाल मियाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma