Developed By Kuldeep Sharma

December 4, 2022

अन्तर्घात गर्नेहरुको नाम पुस १५ भित्र पठाउन कांग्रेस अनुशासन समितिको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ।

केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले आइतबार एक विज्ञप्ति जारी गरी समितिमा तोकिएको मितिमा नाम पठाउन भनेका हुन्।

जारी सूचनामा चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनिएको छ।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma