Developed By Kuldeep Sharma

May 5, 2022

महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिने छन् : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महिला विरोधी उम्मेदवारलाई जनताले मतदानका दिन जवाफ दिने बताएका छन्।

कांग्रेसबाट काठमाडौं महानगरमा उम्मेदवार रहेकी सिर्जना सिंहको तर्फबाट बत्तीसपुतलीमा आयोजित क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले मतदानको दिन महिला विरोधी उम्मेदवारलाई जनताले जवाफ दिनुपर्ने बताएका हुन्।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई लक्षित गर्दै थापाले भने, ‘बेइज्जत गर्न खोजिएको छ। एकचोटि हैन पटकपटक पार्टीको सभापतिदेखि उम्मेदवारसम्मले एक मञ्चपछि अर्को मञ्चमा भनिएको छ, काम नलाग्ने महिला भनेर। यो काठमाडौंका सम्पूर्ण महिलाको अपमान हो।’

वैशाख १८ गते एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले कांग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना सिंहलाई तागतै नभएको महिला भन्दै सिधैँ बहिस्कार गर्नुपर्ने बताएका थिए। थापाले स्थापितको भनाईले सूर्यमा छाप हाल्ने महिलाको समेत अपमान भएको बताए।

एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने सम्मका दलहरूसँग गठबन्धनमा उत्रिएको थापाको आरोप छ। स्थापितमाथि तत्कालिन मेयर हुँदा महानगरकै कर्मचारीमाथि यौन हिंसा गरेको आरोप लाग्ने गरेको छ भने उनले केही दिन पहिले प्रश्न सोध्ने एक महिलामाथि पनि सार्वजनिक कार्यक्रममै दुर्व्यवहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma