Developed By Kuldeep Sharma

May 6, 2022

बेलबारीमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं । मोरङको बेलबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ। घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।

प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार गौतम बेलबारी नगरपालिका-२ का होटल व्यवसायी पनि हुन्। गए राति २ बजेतिर घटनाको जानकारी आएको र तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा ए मोरङ सुन्दरहरैँचा नगरपालिका-१२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ गरेको छ।

प्रहरी नियन्त्रणमा रहेका पाण्डे नेपाली कांग्रेसनिकट रहेको स्थानीय बताउँछन्। पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma