Developed By Kuldeep Sharma

May 6, 2022

कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

कांग्रेसको विधानमा बागी, प्रस्तावक र समर्थक स्वत: पार्टीबाट निस्कासन हुने व्यवस्था छ। पार्टीका विद्रोही उम्मेदवार र प्रस्तावक तथा समर्थकको विवरण तत्काल केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

‘पार्टीको विधान अनुसार बागी उम्मेदवार तथा उनीहरूका प्रस्तावक र समर्थक स्वत: निस्कासन हुने वयवस्था छ तर पनि पार्टीको रेकर्डका लागि विवरण पठाउन भनिएको छ। पौडेलले भने, ‘उनीहरूको विवरण केन्द्रबाट हटाउन सूची माग गरिएको हो।’

बागी उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्कासित गर्ने निर्णय गरिएको उनले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि थुप्रै पालिकामा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma