काडमाडौं। यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाँदै छन्।
शनिबार दमौलीमा आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली जाने भएका हुन्।
सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।
प्रतिक्रिया